सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका चर्चित युवा नेता एवम् युवा संघ नेपालका पुर्व अध्यक्ष महेश बस्नेतले साईबर सेना अब ७ वटै प्रदेशका ७५३ स्थानिय तहमा गठन गरेर घोषणा गर्ने बताएका छन् । आज युवा संघ नेपाल बागमती प्रदेशको संयोजनमा भएको माघ २३ गतेको विशाल जनपरिचालन कार्यक्रमको तयारी भेलामा पुर्व मन्त्री समेत रहेका बस्नेतले सो कुरा बताएका हुन् । सरकारले गरेका कामहरुलाई जनतासामु लान र बौद्धिक अराजकलाई तह लगाउन साइबर सेना गठन गर्न लागिएको महेश बस्नेतले बताएका हुन् । २३ गते काठमाडौंमा इतिहासकै ठूलो जनसागर देखिने भएकाले सो को ब्यवस्थापनमा ५ हजार स्वयंसेवक परिचालन गर्न युवा संघलाई इन्चार्ज समेत रहेका बस्नेतले निर्देशन दिएका छन् ।

