सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक एवम् नेकपाका केन्द्रीय सदस्य रमेश पौडेलले जनपरिचालन कस्तो हुन्छ भनेर २३ गते देखाउने योजना रहेको बताउनु भएको छ ।
आज काठमाडौंको पुरानो बानेश्वरमा रहेको म्याक डोनाल्ड्स क्याफेमा आयोजना भएको युवा भेलालाई सम्बोधन गर्दै सह-संयोजक पौडेलले सो कुरा बताएका हुन् ।
काठमाडौंमा २ लाख मानिस जनसभामा उतार्ने तयारी रहेकाले सो को ब्यवस्थापनमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
युवा संघ नेपालले २३ गतेको कार्यक्रम भब्य बनाउन १० हजारको संख्यामा मोटरसाइकल र्याली निकालेर सो कार्यक्रमको प्रचार गर्ने समेत बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधव नेपाल समूहलाई संकेत गर्दै जनपरिचालन कस्तो हुन्छ २३ गते काठमाडौंमा हेर्नुस् भन्ने अभिव्यक्ति सार्वजनिक गरे लगत्तै नेकपा बागमती प्रदेश समितीले कार्यक्रमको ब्यवस्थापन गरेको हो ।
कार्यक्रमलाई भब्य बनाउन महेस बस्नेतको नेतृत्वमा स्वयंसेवक परिचालन समिती समेत निर्माण गरिएको छ ।

