• Wednesday 9th of September 2026

प्रचण्डले रामकुमारी झाँक्री,योगेश र घनश्यामलाई मान्छेबाट वन मान्छे र झाँक्रीलाई वनझाँक्री बनाए : महेश बस्नेत(भिडिओ)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार।  नेकपाका युवा नेता महेश बस्नेत रामकुमारी झाँक्री,योगेश भट्टराई र घनश्याम भुषाल बिरुद्ध खनिएका छन्।

आज माघ २३ गते नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा दरबारमार्गमा हुने विशाल जना सभाको तयारी स्वरुप आयोजना गरिएको स्वयंसेवकलाई अभिमुखीकरण गर्दै बस्नेतले आक्रोश पोखेका हुन्।

पुर्व मन्त्री समेत रहेका महेश बस्नेतले प्रचण्डलाई बन मान्छेबाट केपी ओलीले मान्छे बनाउने अभियानमा सफलता हात नपारेपनी प्रचण्डले रामकुमारी झाँक्रीलाई बन झाँक्री र योगेश भट्टराई र घनश्याम भुषाललाई बन मान्छे बनाउन सफलता हात पारे को आरोप लगाएका छन्।

महेश बस्नेतले पेटमा पटुकी कसेर भोक तिर्खा नभनी स्वयंसेवकहरु खट्ने र लाखौंको भिडलाई मुस्कान सहितको सेवा दिन अनुरोध गरेका छन् ।

स्वयंसेवकलाई बुद्ध जस्तो बनेर खट्न अनुरोध गर्दै कोही आइलाग्न आए उनीहरुको हालत बलीरहेको आगोमा पुतली खस्दाको जस्तो हुने बताएका छन् ।

बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो ।

राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिनुभयो ।
धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।

बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए ।
प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानविनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।
अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाधरुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो ।
नागरिकको संविधान प्रदत्त हकको निर्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो ।
गृहमन्त्रालयले शान्तिसुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानूनी कारवाही गरिने जनाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij