• Saturday 25th of July 2026

तल्लो स्तरको गाली गलौजमा उत्रने रामकुमारी झाँक्रीको समर्थन गर्दै रास्ट्रपति विद्यादेवि भण्डारीलाई गाली गर्नेहरुले पढ्नैपर्ने रास्ट्रपति भण्डारीको यो सामाग्री


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । रास्ट्रपति विद्यादेवि भण्डारी एकाएक सामाजिक संजालमा भाइरल भएको पाईएको छ। रास्ट्रपतिको राजनीति यात्रा नबुझी रामकुमारी झाँक्री काण्डमा रास्ट्रपतिलाई मुछेपछी सामाजिक संजालमा रास्ट्रपतिको राजनैतिक इतिहास उनका समर्थकहरुद्वारा भाइरल भएको छ। हेर्नुस सामाजिक संजालमा भाईरल भएको रास्ट्रपतिको राजनैतिक यात्रबारेको सामाग्री :

रास्ट्रपति विद्या देवि भण्डारी ज्यु लाई वडा अध्यक्ष बन्ने हैसियत नभएकी भनेर टिका टिप्पणी गर्ने हरु एक चोटि आँखा खोलेर हेर रास्ट्रपति ज्युको को राजनीति यात्रा झाक्रीको जस्तो समानुपातिक कोटा खाएर फुर्ति हाकेकी होइनन् प्रतिस्पर्धा गरेर यो ठाउँ सम्म आइपुगेको इतिहास साक्षी छ ।।
भोजपुर क्याम्पस मा अध्यनरत उनी निरङ्कुस राजतन्त्र निर्दलिय पन्चायती व्यवस्था बिरोधि लोकतान्त्रिक आन्दोलन मा सक्रिय सहभागिता

वि.स.२०३५ सालमा युथ लिगको को संगठन मा आबद्ध
२०३६ सालमा पार्टी सदस्य प्राप्त ।
२०३७ सालमा नेकपा माले निकट अखिल नेपाल महिला संघमा आवद्ध
२०५४ साल माघमा सम्पन्न नेकपा एमाले को छटौ रास्टिय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्यमा निर्वाचित
२०५९ साल मा सम्पन्न सातौं महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्य मा पुन निर्वाचित ।
२०६५ सालमा आयोजित आठौ महाधिवेशन बाट केन्द्रिय उपाध्यक्ष मा निर्वाचित ।
२०७१ सालमा नवौं रास्टिय महाधिवेशनमा पुन पार्टीको केन्द्रिय उपाध्यक्ष पद मा निर्वाचित ।
२०५०सालको उपनिर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य मा निर्वाचित ।
२०५१ सालको मध्यावधि निर्वाचनमा र २०५६ सालको प्रतिनिधि सभा सदस्य को निर्वाचन मा काठमाडौ का विभिन्न निर्वाचन क्षेत्र बाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा बिजय ।
२०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष मा निर्वाचित त्यसयता लगातार तीन पटक उक्त संगठनको अध्यक्ष मा निर्वाचित ।
२०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री
२०६६ सालमा रक्षामन्त्री
२०६३ जेष्ठ १६ गते संसदमा संकल्प प्रस्ताव पेश गर्दै आमाको नाम बाट पनि नागरिकता पाउनु पर्छ भनेर आवाज उठाइ नेतृत्व गरि संसदमा सबैलाई एकमत बनाइ आमाको नाम बाट पनि नागरिकता दिलाउन सफल नेतृत्वकर्ता जसका कारण आज राज्यका हरेक निकायमा महीलाको समानुपातिक र संबैधानिक सहभागीता भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij