• Friday 24th of July 2026

बुटवलमा प्रधानमन्त्री केपी ओलीको पक्षमा उर्लियो जनताको सागर : हेर्नुस् फोटो फिचर


  • आशाका किरण
a'6jn hg;ef–k|wfgdGqL cf]nL a'6jn, ! kmfu'g M k|wfgdGqL s]kL zdf{ cf]nL g]kfn sDo'lgi6 kf6L{ -g]skf_n] a'6jndf zlgaf/ cfof]hgf u/]sf] hg;efnfO{ ;Daf]wg ub}{ . t:jL/M k|bLk/fh jGt, /f;;

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् जनसभामा मुलुकको विकास, समृद्धि र जनताको जीवनस्तर परिवर्तनका लागि नेकपा सरकारको विकल्प नभएको उनीहरूको दाबी छ ।

दुई चार जना नेताले बाटो बिराएर सडकमा कराउँदै हिँडे पनि मुलुकको विकासमा कुनै असर नहुने बताउँदै उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध राष्ट्र, सुखी नेपाली’को सपना पूरा गर्ने अभियानमा नेकपाको नेतृत्व एकताबद्ध रहेको उल्लेख गरेका छन् ।

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाबाट केही अलमलमा परे पनि पुनःपार्टीमै फर्किने दाबी गर्नुभयो । आगामी निर्वाचनपछि पनि बहुमतका साथ नेकपाले नै देशको नेतृत्व गर्ने दाबी गर्दै उहाँले देशको समृद्धिका लागि नेकपाको विकल्प नभएको धारणा राख्नुभयो ।

बुटवल जनसभा
बुटवल, १ फागुन ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा शनिबार आयोजना गरेको जनसभा । तस्वीरः प्रदीपराज वन्त, रासस
बुटवल जनसभा–प्रधानमन्त्री ओली
बुटवल, १ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस
बुटवल जनसभा–अर्थमन्त्री पौडेल
बुटवल, १ फागुन ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस
बुटवल जनसभा
बुटवल, १ फागुन ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा शनिबार आयोजना गरेको जनसभा । तस्वीरः प्रदीपराज वन्त, रासस

पार्टीभित्रैका षड्यन्त्रकारीका कारण आज पार्टी विभाजन हुने आशङ्का बढेको बताउँदै उहाँले कम्युनिष्ट आन्दोलन, समृद्धि र समाजवादको यात्रामा अघि बढेको देख्न नचाहने बाहिर जाँदैमा पार्टीलाई असर नपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताले साथ दिएका छन् प्रतिपक्षीलेसमेत साथ दिएको छ तर आफ्नै दलका नेताबाट प्रधानमन्त्री हटाउने खेल खेलिन्छ । यही कारण पार्टीबाट केही साथी चोइटिएर जाने सम्भावना छ ।”

जनसभामा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले जनताको जीवन परिवर्तनका लागि नेकपामा गोलबन्द हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले मुलुक समृद्धिको दिशामा अगाडि बढिरहेका समयमा दाहाल–नेपाल पक्षले व्यक्तिगत स्वार्थमा अल्झिएर विवाद सिर्जना गर्ने काम गरेको बताउनुभयो । “माधव नेपालको टाउकामा टेकेर प्रधानमन्त्रीको टाउकामा प्रहार गर्न खोज्नुभएको थियो आज आफैँ सडकमा पछारिनुभएको छ”, उहाँले भन्नुभयो ।

प्रदेश इञ्चार्ज पोखरेलले पूर्वजनमुक्ति सेनाले समेत ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने उद्घोष गरेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश विकास र समृद्धिमा अगाडि रहेको दाबी गर्दै विकास निर्माणमा सरकारको सक्रियताले त्यसको पुष्टि भएको उल्लेख गर्नुभयो । प्रदेशमा तीन महानगरको परिकल्पना गरिएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बुटवल, दाङ र नेपालगञ्जलाई केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो ।

आवधिक र दीर्घकालीन योजना बनाएर प्रदेश सरकार अघि बढेको जनाउँदै पोखरेलले विकासमा लुम्बिनी सधैँ अगाडि रहने उल्लेख गर्नुभयो । उहाँले सात वटा प्रदेशमध्ये ज्यादा पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा लुम्बिनी स्थापित भएको बताउनुभयो ।

जनसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले भन्नुभयो, “जो सडकमा पछारिनुभयो, उहाँहरुसँग कुनै विकल्प छैन ।” चुनावमा टिकट पाउन पहिलो अध्यक्ष केपी ओलीकै हस्ताक्षर चल्ने भएकाले अरु विकल्प नभएको रायमाझीको भनाइ थियो ।

नेकपाका स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देश र जनताको हितविपरीत जानेलाई जनताले नछाड्ने बताउनुभयो । उहाँले मुलुक विकासको गतिमा अघि बढेका बेला दाहाल–नेपाल पक्षले प्रधानमन्त्रीलाई घेराबन्दी गर्न खोज्नु गलत भएको तर्क गर्दै अझै पनि सच्चिएर पार्टिमै फर्कन आग्रह गर्नुभयो । जनसभामा नेकपाका नेताहरु राधा ज्ञवाली, भूमिश्वर ढकाल, बाबुराम पन्थीलगायतले विकास समृद्धिका लागि नेकपालाई अझै एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

हेर्नुस् थप तस्विर :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij