• Friday 24th of July 2026

केपी ओलीको पक्षमा लाग्ने ५ लाख बर्दी बिनाको सेना बनाउँछु: बचनबहादुर सिंह


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय युवा संघ नेपालका नवनियुक्त अध्यक्ष एवम् नेकपाका युवा नेता बचनबहादुर सिंहले केपी ओलीको पक्षमा लाग्ने ५ लाख बर्दी बिनाको सेना निर्माण गर्ने बताएका छन् ।
अध्यक्ष भए लगत्तै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष सिंहले ५ लाख युवालाई संघको सदस्य बनाएर केपी ओलीले बोकेको समृद्ध नेपाल सुखी नेपाली अभियानको बर्दी बिनाको सिपाही बनाउने धारणा राखेका छन् ।
नेपाली युवाका तमाम समश्यालाई समाधान गर्ने र आउने दिनमा युवाको विचमा बसेर दत्त चित्त भएर लाग्ने धारणा समेत बनाएका छन् ।
संगठनमा रहेका गलत प्रवृतीलाई निरुत्साहित गर्दै गुटबन्दीको अन्त्य गर्ने बचनबहादुर सिंहले आशाका किरण मिडियालाई बताए ।
लाईक र डिसलाईकको भरमा कसैलाई पक्षपात नगर्ने र काम गर्नेलाई उनीहरुको क्षमता र दक्षता अनुसारको जिम्मेवारी दिन आफू लागि पर्ने सिंहको भनाई छ।
सरकारलाई गरिएको घेरबन्दी र राष्ट्रिय राजनीतिमा भएका कुरा लिएर कुना काप्चामा पुगेर आम नेपाली जनतालाई सचेतना जगाउने समेत आफ्नो लक्ष रहेको बचन्बहादुर सिंहले बताए ।
संगठनमा कसैले अराजकता मच्चाउन खोज्छ भने त्यो कुरा क्षम्य नहुने समेत सिंहले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij