• Wednesday 9th of September 2026

ओली पक्षीय युवा संघका अध्यक्ष बचनबहादुर सिंहले बनाई छाडे ‘साइबर सेना’ :अब प्रधानमन्त्री र रास्ट्रपतिलाई गाली गर्नेलाई खोजी-खोजी तह लगाउने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय युवा संघ नेपालले विधिवत रुपमा साइबर सेना बनाउने निर्णय गरेको छ । युवा संघका पुर्व अध्यक्ष एवम् नेकपाका युवा नेता महेस बस्नेतले परिकल्पना गरेको साइबर सेनालाई अध्यक्ष भएलगत्तै बच्चनबहादुर सिंहले हकिकतमा बदलेका हुन् । आज अल्फा बिटामा भएको पत्रकार सम्मेलन मार्फत विज्ञप्ति निकाल्दै सिंहले बौद्धिक अराजकको भिडलाई तह लगाउन र पार्टी र सरकारका नेतृत्वमा भएको राम्रा कामहरु जनतामाझ लैजान साइबर सेना गठन गरेको  जानकारी दिए । पत्रकार सम्मेलनमार्फत राष्ट्रिय युवा संघ नेपालले गरेको निर्णय समेत सार्वजनिक गरेको छ । हरेक कमिटीमा साइबर सेना बनाउने निर्णय गरेपछी सरकार बिरुद्ध हुने हमलामा कमी आउने ओली पक्षीय युवा नेताहरुको विस्वास छ। विवाद र लामो प्रयासपछी एकताबद्ध ढंगबाट प्रस्तुत भएको ओली पक्षीय युवा संघले यस्तो निर्णय गरेको छ,हेर्नुस जस्ताको त्यस्तै :

फेवातालको सरसफाइमा युवा संघको सक्रियता
युवा संघ नेपाल वडा कमिटी पोखरा–६ लेकसाइडद्वारा फेवातालस्थित बाराहिघाटमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो । ‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता रहेको थियो ।
बयालिस वर्षअघि निर्माण गरिएको फेवाबाँध मर्मतका लागि पानीको सतह घटेपछि तालको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो । युवा संघ नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाराही घाटमा फोटो उठाएर कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्ने बताउनुभयो ।

 

सरसफाइ कार्यक्रम
गण्डकी, ८ फागुन । युवा संघ नेपाल पोखरा महानगरपालिका – ६ द्वारा शनिवार फेवातालको बाराही घाटमा आयोजित सरसफाइ कार्यक्रम । तस्वीरः हरि बास्तोला,रासस

“हाम्रा पुर्खाले हामीलाई बुझाएको फेवाताल भावी पुस्तालाई बुझाउनु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “त्यसका लागि युवा शक्ति सङ्गठित भएर अघि बढ्नुको विकल्प छैन ।” पानीको सतह सुकेको वर्तमान अवस्थामा ताल अतिक्रमणबाट जोगाउनुका साथै सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रम संयोजक सञ्जिव पहारी, सङ्घका अध्यक्ष आविष्कार तिमिल्सिना लगायतले तालसँग धेरैको भविष्य जोडिएको हुँदा यसको संरक्षण, सम्वद्र्धन र सरसफाइमा सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij