• Friday 24th of July 2026

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष कमल थापा


  • आशाका किरण
sf7df8f}Fsf] tTsfn ;'wf/sf] sfo{of]hgf pkk|wfg Pjd ;ª3Lo dfldnf ty :yfgLo ljsf;dGqL sdn yfkf z'qmaf/ sf7df8f}F dxfgu/kflnsfsf] tTsfn ;'wf/sf] sfo{of]hgf @)&# ;fj{hlgsLs/0f ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसंग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “ निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।” नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उहाँको भनाइ थियो । उहाँले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुनेछ बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij