• Wednesday 9th of September 2026

सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरेको भए प्रचण्ड माधव नेपालले लड्डु होइन आची खाएर सडकमा आउँथे : महेश बस्नेत


  • आशाका किरण
sf7df8f}F, !! kmfu'g M /fli6«o o'jf ;+3sf] d+unaf/ dfO{tL3/df a;]sf] s]Gb|Lo sld6Lsf] k|yd k"0f{ a}7sdf dGtJo /fVg'x'Fb} o'jf;+3sf k"j{ cWoIf dx]z a:g]t . t:jL/ M /Tg >]i7, /f;;

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका युवा नेता एवम् पुर्व मन्त्री महेश बस्नेतले माधव नेपाल र प्रचण्डले सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला नगरेको भए लड्डु होइन आची खान्थे भन्ने विवादित मन्तव्य दिएका छन् । आज युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । हेर्नुस् भिडियो :

नयाँ सरकार बन्न नसके ताजा निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वाेच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताउनुभएको छ ।राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उहाँले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गर्नुभयो । प्रतिनिधिसभा सदस्य बस्नेतले भन्नुभयो, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आत्मघाती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन् ।”
पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको उहाँको भनाइ थियो ।
युवा सङ्घका इञ्चार्ज बस्नेतले प्रधानमन्त्री ओलीकै वरिपरि अबको दशौँ वर्ष नेपालको राजनीति घुम्ने दाबी गर्दै नेपालको राजनीतिको मिसन र भिजन ओलीको वरिपरि घुमिरहेको जिकिर गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद्मा करीब ६४ प्रतिशतभन्दा बढी मतसहित झण्डै दुई तिहाइको नेतृत्व नेकपाका अध्यक्ष ओलीसँगै रहेको चर्चा गर्दैै उहाँले संसद्बाट अर्को सरकार बन्न कठिन रहेको दाबी गर्नुभयो ।
संसदीय दलको निर्विरोध नेताका रुपमा समेत प्रधानमन्त्री ओली नै रहेको स्पष्ट पार्दै उहाँले पार्टी औपचारिक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको भनाइ राख्नुभयो ।
उहाँले किस्तीमा राखेर प्रधानमन्त्री कांग्रेस वा जसपाका नेतालाई सुम्पिए प्रचण्ड–नेपाललाई कम्युनिष्ट इतिहासले कहिल्यै माफी नगर्ने पनि टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij