सुदर्शन बजगाई,आशाका किरण समाचार। दशकौदेखीको उपत्यकाबासीको मेलम्चीको पानीको सपना पूरा भएको छ। आज मेलम्चीको पानी सुरुङ्ग मार्फत काठमण्डौ आएको हो। पानी आएपछी प्रधानमन्त्री केपी ओलीले उत्साहित हुँदै सुन्दरीजलमा आयोजना स्थल पुगेर स्वीच थिचेर पानीलाई खुल्ला गरेका थिए। हेर्नुस पानी आएपछी केपी ओलीको पहिलो मन्तब्य :
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।
