• Saturday 25th of July 2026

नरेश शाही नेपाल कम्फर्टेवल पार्टीको युवा संघको अध्यक्ष हो : बचन बहादुर सिंह,अध्यक्ष-राष्ट्रिय युवा संघ नेपाल


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले नरेश शाही एमालेको नभएर नेपाल कम्फर्टेवल पार्टीको युवा संघ नेपालको अध्यक्ष रहेको बताएका छन् । आशाका किरण मिडियासंग कुरा गर्दै बचन बहादुर सिंहले सो कुरा बताएका हुन् । प्राईम टाईम टेलिभिजनमा प्रशारण हुने ऋषि धमलाको कार्यक्रममा नरेश शाहीले सिंह विरुद्ध बोलेपछी केपी ओली निकट बचन सिंहको सो धारणा आएको हो । नरेश शाहीले माधव नेपाल लगेर समानन्तर कार्यालय खोलेपछी एमालेको युवा संगठनको विबाद चुलिएको हो ।

प्रचण्ड र माधब नेपाल मिलेर नेपाल कम्फर्टेबल पार्टी निर्माण गरेर चुनाव चिन्ह लड्डु राखे हुन्छ : बचन बहादुर सिंह-अध्यक्ष,राष्ट्रिय युवा संघ नेपाल

नेकपा एमालेका युवा नेता एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले प्रचण्ड र माधव नेपाल मिलेर नेपाल कम्फर्टेवल पार्टी बनाउने धारणा सार्वजनिक गरेका छन् । युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई संबोधनलाई गर्दै सिंहले सो धारणा राखेका हुन् ।कार्यकर्तलाई जगाउँदै सिंहले अब माधव नेपाल र प्रचण्डहरु हुक्के चिलिमे र झोले कार्यकर्ता लिएर लड्डु चुनाव चिन्हका साथ चुनावमा जाने समेत बताएका छन् । प्रचण्ड र माधव नेपाल एकै पार्टीमा रहेर भारतलाई कम्फर्टवेल सरकार बनाउने एजेन्डा सहित चुनावमा जाने समेत उनको तर्क छ । ओरिजिनल माओवादीले ओलीलाई साथ दिएको औल्याउँदै सिंहले खाओवादी र अवसरवादीमात्र प्रचण्डसंग लागेको सिंहले आशाका किरण मिडियालाई बताए ।नेकपाले निर्माण गरेको साइबर सेनालाई साइबर स्याल भन्ने रामकुमारी झाँक्री,घनश्याम भुषाल,गगन थापा र डा बाबुराम भट्टराई विदेशी दलाल रहेको र नेपाली जनताले तिरेको करको सीता खाएर भारतको गिता गाउने गरेकोले त्यस्ता प्रवृती विरुद्ध ठाउँको ठाउँ प्रतिवाद गर्न अनुरोध समेत गरे ।केही नेता,पत्रकार र बुद्धिजीवीको नाममा विदेशीको चाकरी गर्नेहरु  यो सरकारलाई जसरी भएपनी विवादित बनाउने लागेकाले त्यस्तालाई प्रतिवाद गर्न सिंहले निर्देशन समेत दिनु भएको छ । हेर्नुस् नेकपा एमालेका युवा नेता बचन बहादुर सिंहले गरेको सम्बोधन जस्ताको त्यस्तै :

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij