• Wednesday 9th of September 2026

ओली सरकारले गरेका विकासलाई देख्न नसक्ने हो भने आँखामा साउने चस्मा र कानमा रुवा हाल्न गोकुल बाँस्कोटाको सुझाव


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।”

सत्य विनाको राजनीतिले सही गन्तव्यमा पुग्न नसक्ने बताउँदै उहाँले मुलुकलाई विकासको मार्गतर्फ उन्मुख नगराउने हो भने राजनीतिक दल हुनको के अर्थ रह्यो भन्नुभयो ।

पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो, “विकास र समृद्धिको यात्रमा संसारसँगै हिँड्न चाहन्छौँ  भने सम्भावना र चुनौतीलाई मनन गर्नै पर्छ, सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना केपी ओलीको नेतृत्वको सरकारले पूरा गरेको छ, मेलम्चीको पानी काठमाडौ ल्याइएको छ, मुलुकका विभिन्न भागमा रेलसेवा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ ।”

सरकारले गरेका उपलब्धि र विकासलाई देख्न नसक्ने हो भने आँखामा साउने चस्मा र कानमा रुवा हाल्न सुझाव दिँदै उहाँले भन्नुभयो, “समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij