सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष एवम् नेकपा एमालेका युवा नेता बचन बहादुर सिंहले सहकारी अभियानता एवम् एमाले नेतामाथी सार्वजनिक संचार माध्यममा तुच्छ गाली प्रयोग गर्ने पूर्व संचार तथा सूचना प्रविधि मन्त्री मोहन बस्नेतको शैली जंगली शैली रहेको र गाँजा,भाङ र धतुरो खाएर अन्तरवार्ता दिएको बताएका छन् ।
पुर्वमन्त्री भैसकेको ब्यक्तीको सुकुल गुण्डाको जस्तो भाषा प्रयोग गरेकोले सार्वजनिक रुपमा माफी माग्न बचन बहादुर सिंहले चेतावनी दिएका छन् । कम्युनिस्टलाई तल्लो स्तरको गाली गर्ने बस्नेतलाई बचन बहादुर सिंहले यी पाँच प्रश्नको जवाफ दिन समेत सर्वजनिक रुपमा चुनौती दिएका छन :
तपाईंको सम्पत्तिको श्रोत के हो ?
रक्तचन्दन र सुन तस्करीमा तपाईंको संलग्नता छ कि छैन ?
भाङ कि धतुरो खाएर अन्तरवार्ता दिएको ?
संचारमन्त्री हुँदा कति घोटाला गर्नु भयो ?
तपाईंको पुर्खौली भाषा यस्तै हो ?
गुन्डागर्दी र डनगिरिको जमाना गएकाले बचन सिंहले त्यो घङधङी त्यागेर लोकतान्त्रिक तवरले बौचारिक तर्कमा आउन मोहन बस्नेतलाई खुल्ला आव्हान समेत गरे । यस्ता हर्कत बन्द नगरे राष्ट्रिय युवा संघ नेपाल हातमा दही जमाएर नबस्ने र जस्तालाई त्यस्तै खालको प्रतिकारमा उत्रने चेतावनी समेत दिए ।
ऋषि धमलाको जनता जान्न चाहान्छ्न् कार्यक्रममा केशव बडाललाई तल्लो स्तरको गाली गरेपछि सो भिडियो भाईरल भएको हो ।
पूर्व संचारमन्त्रीको तल्लो स्तरको भाषाले उनलाई सामाजिक संजालमा खिल्ली उडाईएको छ ।
