• Friday 24th of July 2026

आपतकाल नै परोस् यी वस्तु अरुलाई नदिनु

यी व्यक्तिलाई जे दिइन्छ, त्यो निष्फल हुन्छ


  • आशाका किरण

आपतकाल नै परोस्, यी नौ वस्तु अरुलाई दिनुहुँदैन– सर्वमान्य जनताको सम्पत्ति, चन्दाको राशि, अरुको धरोहर, बन्धनको वस्तु, आफ्नी स्त्री, स्त्रीको धन, जमानतको सम्पत्ति, अरुले राख्न दिएको सम्पत्ति र सन्तान हुँदाहुँदै आफ्नो सम्पूर्ण सम्पत्ति ।

सामान्यं याचितं न्यास आधिर्दाराश्च तद्धनम् ।
क्रमायातं च निक्षेपः सर्वस्वं चान्वये सति ।।
आपत्स्वपि न देयानि नव वस्तुनि सर्वदा । (दक्षस्मृति ३।१७–१८)

यी नौ कुरा सधैँ गोप्य राख्नुपर्छ, कतै प्रकट गर्नु हुँदैन– आफ्नो आयु, धन, घरको गोप्य कुरा, मन्त्र, मैथुन, औषधि, तप, दान र आफ्नो अपमान ।

आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् ।।
तपोदानावमानौ च नव गोप्यानि यत्नतः । (दक्षस्मृति ३। १२–१३)

यी नौ व्यक्तिलाई जे दिइन्छ, त्यो निष्फल हुन्छ– धूर्त, बन्दी, मूर्ख, अयोग्य चिकित्सक, जुवाडे, दुष्ट व्यक्ति, चाटुकार, प्रशंसाको गीत गाउने र चोर ।

धूर्ते वन्दिनि मन्दे च कुवैद्ये कितवे शठे ।
चाटुचारणचौरेभ्यो दत्तं भवति निष्फलम् ।। (दक्षस्मृति ३।१६)

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij