सुदर्शन बजगाई,आशाका किरण समाचार ।कोरोना भाइरस संक्रमण,रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपालको हेल्प डेस्क आजबाट अध्यक्ष बचन बहादुर सिंहको नेतृत्वमा काठमाडौ लगाएत देशको विभिन्न ठाँउमा सुरु भएको छ । काठमाडौको गोंगबुमा र कलंकीमा सिंहको नेतृत्वमा हेल्प डेस्क संचालनमा आएको हो । हेल्प डेस्कबाट वितरण गरिेने माक्स ,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका सामाग्री संघका अध्यक्ष वचन बहादुर सिंह र उपाध्यक्ष रोशन बस्नेत लगाएतले व्यवस्थापन गर्नुभएको थियोे। व्यवस्थापन गरिएको सामाग्रीलाई अध्यक्ष बचनबहादुर सिंहले हेल्प डेस्क नेतृत्व गर्नुभएकाहरुलाई हस्तान्तरण गर्नुभएको छ। सिंहले कोरोना भाइरस संक्रमण,रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता देशैभर परिचालित भएको आशाका किरण मिडियालाई बताए।
