• Wednesday 9th of September 2026

लुम्बिनीका मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त


  • आशाका किरण

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दावी पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij