जो शान्त भइसकेको वैरभावलाई फेरि प्रज्ज्वलित गर्दैन, अनावश्यक गर्व गर्दैन, ‘म विपत्तिमा परेको छु’ भन्ने सोचेर अनुचित काम गर्दैन, यस्ता मानिसलाई सर्वश्रेष्ठ भनिन्छ .
जो मानिस आफू रहेको देशको व्यवहार, लोकाचार र त्यहाँका जातिको धर्मको बारेमा जान्न इच्छा गर्छ, उसलाई राम्रो र नराम्रो विषयको विवेक हुन्छ । ऊ जहाँ जान्छ, सदा त्यहाँको जनसमूहमा आफ्नो प्रभुता स्थापना गर्न सक्छ .
अरुको धनहरण, अरुको स्त्रीभोग र सुहृद मित्रको पत्यिाग यी तीनै दोष मनुष्यलाई पतनको दिशा उन्मुख गराउँछ । नष्ट गराउँछ । विदुरनीति भन्छ—
हरणं च परस्वानां परदाराभिमर्शनम् ।
सुहृदश्च परित्यागस्ज्ञयो दोषाः क्षयावहा ।।
