सुदर्शन बजगाई,आशाका किरण मिडिया । राष्ट्रिय युवा संघ नेपालको आज बसेको सचिवालय बैठकले किरण पौडेललाई अध्यक्ष चयन गरेको छ । पुर्व सहमति अनुसार वचन बहादुर सिंहले किरण पौडेललाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ । महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताउनुभयो । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताउनुभयो । उहाँ परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताउनुभयो ।
