• Thursday 10th of September 2026

मुख्यमन्त्री गुरुङको राजीनामाको समाचार भ्रामक हो : प्रदेश प्रमुख कार्यालय


  • आशाका किरण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाउनुभएको छ ।
यस प्रकारको गलत ÷भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ । जारी विज्ञप्तिमा भनिएकोे छ, “मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत् राखी मिति २०७८÷०२÷२६ गते थप गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
यसअघि प्रदेश प्रमुखको कार्यालयबाट गत वैशाख २६ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएको भनी जारी विज्ञप्तिमा बुधबारको मिति बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएकामा प्रदेश कार्यालयले आपत्ति जनाएकोे छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij