• Tuesday 8th of September 2026

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान


  • आशाका किरण

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।
प्रदेशसभाको आजको पत्रबाट सो जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई आव्हन गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रयोजनका लागि शनिबार अपराह्न ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाका सदस्यलाई दावी गर्न आह्वान गर्नुभएको हो ।
जारी विज्ञप्तिमा अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखले तोक्नुभएको जनाइएको छ । साठी प्रदेशसभासद् रहेको गण्डकीमा बिहीबार भएको विश्वासको मत प्रस्तावमा गुरुङले २ र विपक्षमा ३० मत परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij