• Saturday 25th of July 2026

फेरि हटाइए कृष्ण थापा


  • आशाका किरण

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सो पार्टीले पुनः हटाएको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय तथा गण्डकी प्रदेश संसदीय दलको आजैको मितिको पत्र अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष निर्वाचित कृष्ण थापालाई नेपालको संविधान २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइ उहाँको पद रिक्त गरिदिने व्यहोराको सूचना प्राप्त भएको बताउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम प्रदेश सभामा जानकारी गराउनुभयो ।
यस अघि पहिलो पटक पार्टीको निर्णय विपरित कार्य गरेको भन्दै प्रदेशसभा सदस्यबाट बर्खास्त हुनुभएका थापालाई सर्वाेच्च अदालतले पुर्नवहाली गर्न अन्तरिम आदेश दिएको थियो । उहाँको मुद्दा अदालतमा विचाराधिन छ ।
बिहिबार मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिने क्रममा पार्टीका तर्फबाट विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेकोमा थापा भने तटस्थ बस्नुभएको थियो । आजको वैठकमा नेकपा एमालेले गण्डकी प्रदेश सभाको वैठक सञ्चालन सम्बन्धी नियमावली अनुसार मन्त्रीको उपस्थिति विना वैठक बस्न नसक्ने भएको भन्दै अवरोध गरेको छ । बिहिबार विश्वासको मतको निर्णय आइसकेपछि आजको प्रदेश सभाको वैठक आफूहरूसँग सल्लाह नगरी बोलाइएको सो पार्टीले जनाएको छ । अर्को वैठक जेठ ३० गते आइतबार १.०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij