• Thursday 10th of September 2026

दिपक मनाङ्गेलाई जहाँ भेट्यो त्यतै भाटे कारबाही गर्न युवा संघका कार्यकर्तालाई वचन सिंहको निर्देशन


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष वचन बहादुर सिंहले प्रधानमन्त्री केपी ओली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवम् युवा संघ नेपालका पुर्व उपाध्यक्ष रमेस शिलवालमाथी टपरटुईंया आरोप लगाउने गुन्डा नाईके एवम् गण्डकी प्रदेशका भौतिक पुर्वाधारमन्त्री दिपक मनाङ्गेलाई जहाँ भेट्यो त्यही भाटे कारवाही गर्न युवा संघ नेपालका कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई किड्नी फेल भएको मान्छेको पछी लागिन्न र  राखेप सदस्य सचिव रमेश सिलवाललाई केटी र रक्सीमा मस्त हुने भनेपछि राष्ट्रिय युवा संघका नेता कार्यकर्ता आक्रोशित भएका हुन् । सामाजिक संजाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै गुन्डा नाईके दिपक मनाङ्गेमाथी वचन बहादुर सिंह खनिएका हुन् । हेर्नुस् उनको स्टाटस जस्ताको त्यस्तै :
विगत केही दिनदेखि टपरे गुन्डा दिपक मनाङ्गे उर्फ गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री कहलिएका राजिव गुरुङले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालका बारेमा अभिव्यक्ति स्वतन्त्रताको नमामा गुन्डा शैलीमा जे बोलिरहेका छन,निक्कै खेद्जनक छ। नामुद डाकु रत्नाकर त वाल्मीकि बने भने टोले गुन्डा मनाङ्गे पनि सुध्रिने मौका दिदै एमालेको मत लिएर गण्डकी प्रदेश सभा सदस्य बने। तर ‘१२बर्ष कुकुरको पुच्छर ढुङ्गामा बाधे पनि बाङ्गाको बाङ्गै’ भने झै, मनाङ्गे गुण्डाको सुध्रिने छाट छैन। फोहोरी संसदीय अभ्यासका कारण गण्डकी प्रदेशमा मन्त्री बनेर हौसिएका टोले गुण्डा मनाङ्गेलाई लागेको होला:-म मन्त्री भै सके, जे बोले/गरे पनि हुन्छ। मनाङ्गेलाइ स्मरण होस, कुनै बेला अफ्ताब आलम पनि यो देशको मन्त्री भएकै हुन,संजय टक्ला सान्सद भएकै हुन अन्ततोगत्वा उनिहरु आज जेलको चिसो छिडिमा छन।
तिम्रो अभिव्यक्ति निन्दनीय र घोर आपत्तीजनक मात्र छैन स्वयं तिम्रा लागि खतराको घन्टी हो भन्ने हेक्का राख। राणा शासन,पन्चायत, शाही कु र YCL को ज्याद्वती बिरुद्ध लडेर तिनीहरुलाई धुलो चटाएको एमालेको युवा पङती तिमी जस्ता टपरे गुण्डालाइ तिम्रो औकात देखाउन एक मिनेट पनि लाग्ने छैन।
सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र खेलकुद परिषदका सदस्य-सचिब बिरुद्धको तिम्रो अभिब्यक्तिले कुनै ब्यक्ति माथिको टिप्पणी होइन हाम्रो पार्टी,बिचार र सङ्गठन माथीको अपमान र प्रहार हो जसले सिङ्गो एमाले जनहरुलाइ आक्रोशित तुल्याएको छ। ए मनाङ्गे,तिम्रो यहि ताल हो भने याद राख:-तिम्रो गर्धन समातेर कानूनी कठघराको चिसो चिडिमा तिम्रो बसाइ निस्चय छ, झण्डाबाल गाडी होइन। जेलमा बस्न झिटी-झमटा तयार गर्दै गर वा एमाले युवा पङ्तिको भाटे कारबाही खान मनस्थिति तयार पार्दै गर। कुन रोज्छौ? तिम्रो आफ्नो इच्छा।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij