सुदर्शन बजगाई,आशाका किरण समाचार । युवा संघका पुर्व अध्यक्ष बचन बहादुर सिंहले तत्काल राष्ट्रपतिलाई संकटकाल घोषणा गर्न अपिल गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सो कुरा बताएका हुन् । चोलेन्द्र शम्शेरले प्रतिनिधि सभा विघठन बदर गरेर देउवलाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेसंगै सिंहको सो प्रतिक्रिया आएको हो । हेर्नुस उनको प्रतिक्रिया जस्ताको त्यस्तै :

बहुदलीय प्रजातान्त्रिक ब्यबस्थामा, दल भित्रको बहुमतिय विधि नै निर्णायक विधि हो। आजको सर्बोच्चको निर्णयले संविधानको बहुदलीय मर्म,भावना र विधि माथी नाङ्गो प्रहार गरेको छ। अब सर्बोच्चले नै मन्त्री,प्रधानमन्त्री नियुक्त गरेर अद्यावधिक निर्बाचन प्रणालीको धज्जी उडाउदै,तमाम नेपाली जनताको जनमतको अबमुल्यन गरेको छ।
मुल विषय मुलुक र जनताको हित र रक्षार्थ लाग्नु हरेक नागरिक, पार्टी संगठनको कर्तब्य हो। युरोपियन युनियनको दबाब र सेटिङ्गमा गरिएको निर्णय नेपाल र नेपालिको हित बिपरित मात्र छैन,नेपालको सार्बभौमिकता माथिको नाङ्गो हस्तक्षेप हो। बनेका वा बनाउने हरेक ऐन,कानुन वा न्यायीक निकाय रास्ट्र र रास्ट्रियता भन्दा माथी हुदैनन/हुन सक्दैनन।
अब राष्टपती ज्युले राष्ट्र ,राष्ट्रियता र बहुदलीय प्रजातान्त्रिक व्यबस्थाको मर्म र भावनालाइ कायम राख्दै सार्भौमत केवल जनता हो तेसैले संकटकाल घोषणा गर्दै सही कदम चाल्न अपरिहार्य छ।
