• Monday 26th of October 2026

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन :आले


  • आशाका किरण

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भन्नुभयो, “मैले शेरबहादुर देउवालाई भेटेको छैन, भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अफवाह नफैलाऔँ ।” पूर्वमन्त्री तथा एमाले नेता आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहनुभएको छ । एमाले एक हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij