• Thursday 10th of September 2026

देउवाले भने – पहिलो , दोस्रो र तेस्रो प्राथमिकता खोप


  • आशाका किरण
k|wfgdGqL b]pjfaf6 k|wfgdGqL z]/axfb'/ b]pjfaf6 k|ltlglw;efsf] cfOtaf/ a;]sf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm"dfly k|ltlglw;efsf] ljZjf; 5 eGg] :ki6 kfg{ ljZjf;sf] dtsf] nflu k|:tfj k|:t't .t:jL/M /Tg >]i7, /f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोपमात्रै रहेको बताए । उनले भने ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’
प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए ।
प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्ुष्टि जनाएका छन् । विश्वासको मतमाग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद आएको भए आफुलाई खुशी लाग्ने बताए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा ओली सहभागी भएका थिएनन् । नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवास नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठेरो परेको हुन सक्ने बताए । संविधानमा भएको धारा ७६ (५) को व्यवस्थाबारे बोल्न अप्ठेरो लागेर नेम्वाङले धारणा नराखेको देउवाले टिप्पणी गरे ।देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे ।प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij