• Thursday 10th of September 2026

एमालेका ३२ सांसदले मानेनन् देउवाविरूद्ध मत हाल्ने पार्टीको निर्णय


  • आशाका किरण
k|wfgdGqL b]pjfaf6 k|wfgdGqL z]/axfb'/ b]pjfaf6 k|ltlglw;efsf] cfOtaf/ a;]sf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm"dfly k|ltlglw;efsf] ljZjf; 5 eGg] :ki6 kfg{ ljZjf;sf] dtsf] nflu k|:tfj k|:t't .t:jL/M /Tg >]i7, /f;;

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो।

पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराएका थिए।

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन्।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।

केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन्।

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्।

हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षमा सांसद हुन्। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्। यीमध्ये केही सांसदहरू गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए।

योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए।

झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन्।

संसदमा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनीहरूले बताएका छन्।

नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले देउवाले लिने विश्वास मतको विपक्षमा मत हाल्ने निर्णय गरेको थियो। पार्टी निर्णयविपरीत २२ जनाले देउवालाई विश्वासको मत दिएका छन् थप १० जना तटस्थ बसेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij