• Saturday 25th of July 2026

अध्यादेश ल्याएर एमाले फुटाउन खोजे देशभरी आगो लगाउँछु : महेश बस्नेत


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएर नेकपा एमाले फुटाउन खोजे देशभर आगो लगाउने बताएका छन् । आज युवा संघ नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठकमा सम्बोधन गर्दै बस्नेतले सो धारणा ब्यक्त गरेका हुन् । केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याउँदा बिरोध गर्ने देउवा प्रचण्ड र माधव नेपाल अहिले आफैं अध्यादेश ल्याएर एमालेलाई फुटाउन लागेकाले त्यसो भए देशभर आगो लगाउने महेश बस्नेतले बताएका हुन् । साउन ९ गते उपत्यकामा १० हजार युथ फोर्सको पर्दशन गरेर अदालतले गरेको गलत कार्यको भण्डाफोर समेत गरिने बस्नेतले बताए ।हेर्नुस पूरा भिडिओ जस्ताको त्यस्तै :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij