• Thursday 10th of September 2026

‘माधव समूहलाई आममाफी हुन्छ’ : केपी शर्मा ओली


  • आशाका किरण
g]skf Pdfn]4f/f ;:yfks k'iknfn >]i7sf] $#cf}{ :d[lt lbj;sf] pknIodf nlntk'/sf] Rof;ndf cfof]lht sfo{qmdnfO{ ;Djf]wg ub}{ cWoIf s]kL ;df{ cf]nL . t:jL/M k|bLk/fh jG

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएका माधव नेपाल समूहलाई आममाफी दिने बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ओलीले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभयो । “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।” पार्टी एकतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।”

यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केहीले साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उहाँले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपेको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको दावी गर्नुभयो । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताउनुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij