• Thursday 10th of September 2026

भ्रष्टाचार र अनियमितता विरुद्ध खबरदारी गर्न युथफोर्सलाई एमाले महासचिव ईश्वर पोखरेलको निर्देशन


  • आशाका किरण

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताउनुभयो ।

उहाँले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राख्नुभयो । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ”, उहाँले भन्नुभयो । हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उहाँको भनाइ छ ।

काठमाडौँ, ९ साउन । राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स केन्द्रीय कमाण्डद्वारा शनिबार आयोजित राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स काठमाडौँ भ्याली घोषणा तथा सपथ ग्रहण कार्यक्रमको बेलुुन र व्यानर उडाएर उदघाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव ईश्वर पोखरेल । तस्वीर : चन्द्रकला क्षेत्री, रासस
काठमाडौँ, ९ साउन । राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स काठमाडौँ भ्याली घोषणा तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुन माइतीघर मण्डलामा सहभागी हुुँदै युुवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायत । तस्वीर : चन्द्रकला क्षेत्री, रासस
काठमाडौँ, ९ साउन । राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स काठमाडौँ भ्याली घोषणा तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुुन माइतीघर मण्डलामा सहभागी कार्यकर्ता । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

युथफोर्स कानून र राज्यको संरचनालाई तोडमोड र जनताका जनादेशलाई लत्याउन खोजिए त्यो सह्य नभएको बताउनुभयो । उहाँले एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्स रहेको भन्दै कहीँकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथफोर्सले गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका कुरा, जनतालाई उत्पादन काममा सहयोग र रोजगारीका पक्षमा अभियान चलाउनु पर्दछ ।”

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताउनुभयो । “सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।” उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले पार्टी फुटाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij