सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका युवा नेता एवम् राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष बचन बहादुर सिंहले खगेन्द्र संग्रौला नागरिक अधिकारकर्मीको नाममा कंलक रहेको धारणा सार्वजनिक गरेका छन् । एमाले नेता महेश बस्नेतले खगेन्द्र संग्रौलाले चाबाहिलको भट्टीमा नशामा बसेर एमालेको विरोध गरेकोले साईबर सेनाले तह लगाउने अभिव्यक्त दिए लगत्तै खगेन्द्र संग्रौलाला ज्ञानेन्द्रसंग नडराएको संग्रौला महेश बस्नेतको धम्कीले नडराउने भनेर अभिव्यक्ति दिएपछी वचन सिंहले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन् । महेस बस्नेतलाई आइडल मान्ने बचन सिंहले यस्तो स्टाटस लेखेर संग्रौला विरुद्ध युद्ध छेडेका हुन् :

आफुलाई स्वघोषित नागरिक अधिकारकर्मी, नागरिक समाजको अगुवा भन्ने मौसमी अधिकारकर्मी खगेन्द्र सङ्रौला नागरिक अधिकारकर्मिको बुख्याँचा लगाएका कुनै ब्यबसायिकता नभएका अभद्र ब्यक्ती हुन वा भनौं अधिकारकर्मिका नाममा कलन्क हुन।
सधैं पार्टीको कार्यकर्ता भन्दा पनि तल्लो स्तरमा ओर्लिएर अमुक पार्टीको गुणगान गाउँने ब्यक्ति कसरी अधिकारकर्मी हुनसक्छन ? नशाको झोकमा जेपनि बोलिदिने ,लेखिदिने र जस्तो पनि हर्कत गर्न पछि नपर्ने जड्याहाको जस्तै कृयाकलापले नागरिक समाज २-४ जनामा सिमित हुन पुगेकोछ जुन मुलुकालागी दुर्भाग्यपूर्ण हो।
नितान्त आफ्ना स्वार्थ भन्दा कहिल्यै बाहिर आउन नसकेका सङ्रौला राष्ट्रिय वा अन्तरास्ट्रिय मुद्दाहरूमा कहिल्यै बोलेका वा समन्वयको भुमिकामा देखिएनन, राज्य र नागरिकलाई आवस्यकता भएको बेला सधैं गुमनाम हुने अनि अधिकारकर्मीको बिल्ला लगाएर सुबिधा भोगिरहने ? भारतीय नाकाबन्दी हुँदा , नेपालको भुभाग मिचिदा, देश बलात्कृत हुँदा, नेपालको सिमाना भारतीय नक्सा देखाउदा, माओबादिले नरसंहार गर्दा, मानव निर्मित वा प्राकृतिक बिपद का बखत कहाँ थिए यी र यिन्को तथाकथित नागरिक समाज ?
एमाले नेता महेश बस्नेतले “अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने” भन्दा उनी झस्किनु पर्ने कारण बुझ्न सकिएन ? के साच्चै उन्को दिनचर्या त्यही हो त ? यदि हो भने साईबर सेना मात्रै होईन नेपाली जनतालेनै यी स्वघोषित नागरिक अधिकारकर्मीहरुलाई भट्टिबाट मात्र होईन जहाँ देख्यो त्यहीँबाट लखेट्ने छन।
