• Thursday 10th of September 2026

समृद्ध प्रदेश निर्माणका लागि राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान


  • आशाका किरण

प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र खुशीको अपेक्षासहित संविधान तथा राष्ट्रिय दिवस, २०७८ का अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले लामो समयदेखिको राजनीतिक द्वन्द्व समाप्त गर्दै राष्ट्रिय एकतापूर्ण, शान्त, समुत्रत र समृद्ध नेपाल बनाउनुपर्ने दायित्व नेपालीकै भएको बताउँदै समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान गर्नुभएको छ ।

प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको जनाउँदै उहाँले कोभिड–१९ का कारण देश आक्रान्त भए पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल तथा स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माण गर्न सरकार सबैसँग हातेमालो गरेर अगाडि बढेको बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij