• Friday 11th of September 2026

एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ : अध्यक्ष दाहाल


  • आशाका किरण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “ अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ । ”

नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले उहाँले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij