• Friday 11th of September 2026

समृद्ध नेपाल बनाउने अभियान एमालेकै : अध्यक्ष ओली


  • आशाका किरण

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताउनुभएको छ ।

पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जनाउनुभयो । उहाँले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिनुभयो ।

उहाँले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्यि पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गर्नुभयो । अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कुनै मधुकैटबले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने गरी पार्टीलाई स्थापित गर्ने वाचा गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij