• Friday 11th of September 2026

विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु : मन्त्री आले


  • आशाका किरण
lgb]{zg lbFb} dGqL cfn] sf7df8f}F, @$ c;f]h . ;+:s[lt, ko{6g tyf gful/s p•og dGqfnodf cfOtaf/ cfof]hgf ul/Psf] dftxtsf sd{rf/Lx?;Fusf] 5nkmn sfo{qmddf sd{rf/LnfO{ lgb]{zg lbFb} dGqL k|]daxfb'/ cfn] . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाउनुभयो । अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताउनुभएको हो ।

यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो ।” आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज गन्तव्यमा पु¥याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाउनुभयो ।

मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताउनुभयो । अवका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जहाज पार्किङका लागि समस्या भएको छ, जहाज बिहानको समयमा अन्य ठाउँबाट पनि उडान गर्न सक्ने गरी पहल भइरहेको छ ।” नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने यात्रुले मन्त्री आलेसमक्ष गुनासो गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij