• Friday 11th of September 2026

प्रभु साहको दबाबमा एमाले केन्द्रीय सदस्यमा कुन्दन कुशवाह र मोहम्मद समीर थप


  • आशाका किरण

नेकपा (एमाले)को आजको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । थपिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहनुभएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । उहाँहरु नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल नेता प्रभु साहनिकट रहेको जनाइएको छ ।

यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार मुलुकभर वडास्तर र यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij