• Friday 11th of September 2026

एमालेमा युवाको आकर्षण बढीरहेको छः सचिव गुरुङ


  • आशाका किरण

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो ।”

सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप जस्तै बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अब एमाले पार्टीको अभियान एक घर एक सदस्य रहेकाले यसतर्फ अग्रसर हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij