• Friday 11th of September 2026

संसद्मा अवरोध कायमै


  • आशाका किरण
;+;b cj?4 sf7df8fF}, !! sflQs k|ltlglw;efsf] laxLaf/sf] a}7sdf k|d'v k|ltkIfL bn g]skf -Pdfn]_ sf ;f+;b j]ndf cfP/ gf/f nufpFb} . tl:a/M /Tg >]i7÷/f;;

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल (एमाले)का सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउने काममा सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनका कारण नेपालभर देखिएका असरहरु, जनजीविका र जनसरोकारका विषयवस्तु सदनमा प्रस्तुत हुन नसकेको भन्दै प्रतिपक्षी दल एमालेका सांसदलाई गम्भीर बन्न आग्रह गर्नुभएको थियो ।

उहाँले सदनको नियमित काम कारबाहीमा अवरोध हुँदा जनमानसमा समेत नकारात्मक दृष्टिकोण पैदाहुने हुँदा सदन सञ्चालन गर्न जोड दिनुभयो । एमालेले चालू अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशनमा हालसम्म १३ बैठक भएका छन् ।

प्रतिनिधिसभाको पछिल्लो बैठक गत असोज २५ गते बसेको थियो । असोज ९ गतेका लागि बैठक निर्धारण गरिएको भए पनि प्रतिपक्षी दल एमालेको आग्रहमा बैठक थप दुई दिन सारिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij