• Saturday 12th of September 2026

समृद्ध प्रदेश बनाउने कार्यमा सरकार प्रतिवद्धः मन्त्री कार्की


  • आशाका किरण
df]/ª, !& sflQsM z'esfdgf cfbfgk|bfg sfo{qmddf dGqL sfsL{ k|b]z g+ ! sf cfGtl/s dfldnf tyf sfg'gdGqL s]bf/ sfsL{ g]kfn kqsf/ dxf;‹ k|b]z g+ ! ;ldltåf/f dGqfnodf a'waf/ cfof]lht z'esfdgf cfbfgk|bfg sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/÷dgf]h bfxfn–/f;;

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिद्वारा आज मन्त्रालयमा आयोजित शुभकामना कार्यक्रममा उहाँले सत्य, तथ्य र यथार्थपरक समाचर सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

मन्त्री कार्कीले समाचारकै भरमा कसैलाई पनि आग्रह वा पूर्वाग्रह नराखी समान व्यवहार गनुृपर्ने उल्लेख गर्दै समृद्ध प्रदेश बनाउन र आम नागरिकले उच्चतम मौलिक अधिकार उपयोग गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतालाई शान्ति सुरक्षाको सुनिश्चितता प्रदान गरी कसैलाई पनि अन्याय हुन नदिने बताउँदै उहाँले आफ्नो जिम्मेवारीलाई गहनपूर्वक पूरा गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्री कार्कीले जनता र सरकारबीच पुलको काम गर्ने पत्रकारिता क्षेत्रले अझ जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij