• Saturday 25th of July 2026

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड


  • आशाका किरण
k|r08nfO{ :jfut ub}{ sfo{stf{ ef]hk'/, @^ sflQs-/f;;_ M ef]hk'/df k|r08nfO{ :jfut ub}{ dfcf]jfbL sfo{stf{ . k|r08 z'qmaf/ dfcf]jfbL s]Gb| ef]hk'/n] cfof]hgf u/]sf] cu'jf sfo{stf{ e]nf tyf k|lzIf0f sfo{qmdsf] nflu ef]hk'/ cfpg' ePsf] xf] . t:jL/ M o'j/fh lji6, /f;; .

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताउनुभएको छ । माओवादी केन्द्र भोजपुुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो, “न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वाेच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।”

अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उहाँले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राख्नुभयो । स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताउनुभयो । सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगीने उहाँको भनाइ छ । पूर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभरभूमि रहेको उहाँले झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij