सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले संचालन गरेको ड्रीम हाउस इन्टरनेसनल प्रालिमा पैसा फसेको भन्दै लगानीकर्ता चिन्तित हुन थालेका छन्।
४ वर्ष अगाडी पार्टी प्यालेस ,डिपार्टमेन्टल स्लोर र स्वीमिङ पुल सन्चालन गर्ने भन्दै सांसद निर्वाचित भएपछि कृष्ण राईले संचालन गरेको ड्रीम हाउसले अहिलेसम्म हिसाब किताब प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।
साधारणसभा नगरेको र हिसाब किताब लुकाएर जनताको पैसा जोखिममा पारेको भन्दै लगानीकर्ताहरु आफ्नो लगानी फिर्ता माग्न थालेका छन् । सेयर सदस्य विनय सिम्खडाले फेसबुकमै स्टाटस लेखेर काठमाडौं ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईको चर्को विरोध गरेका छन् । हेर्नुस् के लेखे उनले फेसबुकमा उनको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

फाईदा भए बोनस चाहियो र घाटामा भए घाटाको प्रतिशत कट्टी गरेर भएतापनी आफ्नो पैसा फिर्ता माग्न गएका सेयर सदस्यलाई सांसद राईले राजनैतिक प्रभावमा पारेर झारो टार्ने गरेको थुप्रै लगानीकर्ताको गुनसो छ । प्रत्यक वर्ष साधारण सभा गरेर कम्पनी अध्यावधिक गर्नुपर्ने नियम भएतापनी सेयर सदश्यलाई केही कुरा जानकारी नगराई कम्पनी मनोमानी रुपमा चलाएको भन्दै लगानीकर्ता लगानी डुब्ने जोखिममा परेर चिन्ता गर्न थालेका छन् । सांसद राईले पैसा कहिलेसम्म फिर्ता गर्छन् त्यो हेर्न बाँकी छ ।
