• Friday 24th of July 2026

दशौँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुनेछ : प्रवक्ता ज्ञवाली


  • आशाका किरण
nlntk'/M !& c;f]hM ljwfg dxflwj]zg ;dfkg sfo{qmddf g]tf 1jfnL nlntk'/sf] uf]bfj/Ldf g]skf -Pdfn]_ ljwfg dxflwj]zg ;dfkg sfo{qmdnfO{ ;Daf]wg ub}{ k"j{ k//fi6«dGqL k|bLks'df/ 1jfnL . tl:a/M rG›snf If]qL÷/f;;

नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

उहाँले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । “नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ”, उहाँले भन्नुभयो, “सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”

उहाँले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भन्नुभयो, “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ ।”

“यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ”, उहाँले भन्नुभयो, “सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफर हुँदैन ।”

उहाँले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताउनुभयो ।

उहाँले उद्घाटन सत्रमा देश विदेशमा रहेका सञ्चारमाध्यममा प्रत्यक्ष प्रचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । नारायणी नदीको किनारामा सबै सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न सिग्नल उपलब्ध गराइने उहाँको भनाइ छ ।

चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij