• Saturday 12th of September 2026

रामेश्वर फुयालद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। नेकपा एमालेका केन्द्रीय सदश्य एवं बागमती प्रदेशका प्रदेशसभा सदश्य रामेश्वर फुयालले नेकपा एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

आशाका किरण मिडियासंग कुराकानी गर्दै फुयालले उम्मेदवारी घोषणा गरेका हुन्। बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत भैसकेका रामेश्वर फुयालले नेपाली मौलिकता सहितको सम्पदामैत्री हरित विकासको लागि आफुले उम्मेदवारी दिन लागेको आशाका किरण मिडियालाई बताए।

विकासप्रेमी नेताका छबी बनाएका फुयालले खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने मनस्थितिमा छन्।

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।

उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् ।

उहाँले भन्नुभयो, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ ।

उहाँका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।

महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् ।

मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।

ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उहाँको भनाइ छ ।

यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।

यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि रु एक लाख खर्च हुनेछ । यो फाइबरको बन्ने छ ।

नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउनुहुन्छ ।

मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ ।

दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij