• Friday 24th of July 2026

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन


  • आशाका किरण
k|b]z;ef a}7sdf k|Zgsf] hjfkm lbFb} d'VodGqL zfxL s0ff{nL, !% dªl;/M s0ff{nL k|b]zsf d'VodGqL hLjgaxfb'/ zfxL a'waf/ s0ff{nL k|b]z;efsf] a}7sdf ljZjf;sf] dt lng] qmddf p7]sf k|Zgx?sf] hjfkm lbFb} . tl:a/M z'/axfb'/ l;+x÷/f;;

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गर्नुभएको हो ।

विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताउनुभयो । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गर्नुभयो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij