• Saturday 12th of September 2026

बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा


  • आशाका किरण
;z:q k|x/L lg/LIfs cfwf/e"t tflnd bLIffGt ;df/f]x sf7df8f}F, ( dªl;/M k|wfgdGqL z]/axfb'/ b]pjf /fli6«o ;z:q k|x/L an k|lzIf0f k|lti7fgåf/f sf7df8f}Fdf laxLaf/ cfof]lht ;z:q k|x/L lg/LIfs cfwf/e"t tflndsf] bLIffGt ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरुमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधामन्त्री देउवाले भन्नुभयो, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उहाँले जननायक बिपी कोइरालाले छाडेर जानुभएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताउनुभयो । सो अवसरमा उहाँले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij