• Saturday 12th of September 2026

मैले हारेँ भने हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन् मात्र भनेको हुँ : प्रधानमन्त्री


  • आशाका किरण
k|d b]pjf clejfbg ub}{ sf7df8f}F, @# dlª;/ M k|wfgdGqL z]/axfb'/ b]pjf g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmddf g]tf tyf sfo{stf{x?nfO{ clejfbg ub}{ . t:jL/ M rG›snf If]qL÷/f;;

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुनसक्ने आशङ्का व्यक्त मात्र गरेको स्पष्ट गर्नुभएको छ ।

उहाँले आज बिहानको एक कार्यक्रममा आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको विषयको खण्डन गर्दै यदि आफूले सभापतिको निर्वाचन हारेमा प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुनसक्ने र देशको प्रधानमन्त्रीले हार्यो भनेर नैतिकताको प्रश्न उठाउन सक्नेतर्फ आफूले जानकारी मात्र गराएको बताउनुभएको हो ।

उहाँले आज नेपाली कांग्रेस बाग्मती प्रदेशद्वारा आयोजित कार्यक्रममा भन्नुभयो, ‘‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हा-यो भन्छन्, नैतिकताको कुरा उठाउँछन् । यो सरकार चुनावसम्म नजान पनि सक्छ । मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो ।’’

उहाँले आफ्नो पार्टीभित्र र बाहिरका साथीहरूको सहयोगबाट आफूले केपी शर्मा ओलीको डर, त्रासबाट देश र जनतालाई मुक्त गराएको स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “सार्वभौम जनता कसैसँग डराउनु हुँदैन तर हिजो गाउँ–गाउँमा हाम्रा साथीहरू डराउनुपर्ने अवस्था ल्याइएको थियो । अहिले मैले ओलीको त्यो डर त्रासबाट हाम्रा साथीहरुलाई मात्र नभएर देशलाई नै मुक्त गराएको छु । यस्तै अवस्था अब रहीरहनका लागि पनि मैले सभापति जित्नुपर्छ भन्ने पसङ्ग मात्र निकालेको हो ।”

उहाँले आफूलाई सहयोग गरेकामा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “सिटौलाजी उहाँ आफू पदाधिकारीमा नबसेरै, सदासयता राखेर हामीलाई सहयोग गर्नुभएको छ, म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij