• Saturday 12th of September 2026

कांग्रेसको महाधिवेशनमा कलकत्ताका माछा


  • आशाका किरण
e[s'6Ld08kdf vfgf vfFb} k|d b]pjf g]kfnL sf+u|];sf] !$cf}F dxflwj]zg:yn e[s'6Ld08kdf dxflwj]zg k|ltlglwx?;Fu} nfOgdf a;]/ vfgf lnFb} sf+u|]; ;efklt Pj+ k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कलकत्ताबाट आयात गरिएको छ । मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् । दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साहाकारीले समेत खाने हुँदा माछाको खपत बढेको बताउनुहुन्छ ।

कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो । अधिवेशनमा दैनिक छ हजार व्यक्तिका लागि भोजन तयारी गरिएको छ । प्रतिदिन प्रतिव्यक्ति रु दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिनुभयो । खानामा साहाकारी र मांशहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij