• Saturday 12th of September 2026

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ : सभापति देउवा


  • आशाका किरण
k|d b]pjf clejfbg ub}{ sf7df8f}F, @# dlª;/ M k|wfgdGqL z]/axfb'/ b]pjf g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmddf g]tf tyf sfo{stf{x?nfO{ clejfbg ub}{ . t:jL/ M rG›snf If]qL÷/f;;

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो ।
“पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रङ्सँग उल्लेख गर्दै महान् नेताले बोलाएको चियापानमा आउन पाउदा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधँै जारी रहने बताउनुभयो । “मुलुकमा स्थायित्व, विकास र सुशासन दिन म सधैँ तत्पर रहन्छु, पार्टीको महाधिवेशनमा उम्मेदवार नभए पनि राजनीतिबाट आफूलाई अलग राखेको छैन,”– उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले आफू निष्ठा र प्रतिबद्धतामा विचलित नभएको बताउँदै आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रहसमेत गर्नुभयो । उहाँले आसन्न तीन तहकै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने कठिन चुनौतीलाई सामना गर्न पार्टीभित्र एकता, अनुशासन र सुढृढ सङ्गठन विस्तारको आवश्यकता रहेको बताउनुभयो ।
पार्टी सभापतिका अर्को उम्मेदवार डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निर्वाचन भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । “पार्टीभित्र सभापति र वरिष्ठ नेता दुबै सम्मानित नेता हुनुहुन्छ, उहाँलाई सम्मान, इज्जत र आदर गर्नुपर्छ,”– उहाँले भन्नुभयो । उहाँले अनुशासित पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । नेता कोइरालाले अन्तरआत्मा के भन्छ, त्यहिअनुसारको विवेक प्रयोग गरेर मतदान गर्नसमेत सबै प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij