• Saturday 12th of September 2026

प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालद्वारा बधाई


  • आशाका किरण
z'esfdgf ;Gb]z lbFb} g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf …k|r08Ú sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z'esfdgf ;Gb]z lbFb} g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7÷/f;;

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको हो । भेटका अवसरमा उहाँहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्नेलगायतका समसामयिक विषयमा सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij