• Saturday 12th of September 2026

महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाइते कायष्थलाई


  • आशाका किरण
dxfdGqL zdf{ M hgcfGbf]ngsf] 3fOt]nfO{ dfnf sfe|]knf~rf]s, @ k'; M g]kfnL sfFu|];sf gjlgjf{lrt dxfdGqL ljZjk|sfz zdf{ bf];|f] hgcfGbf]ngsf 3fOt] sfe|]knf~rf]ssf] ag]kf gu/kflnsf–* sf d's]z sfo:ynfO{ z'qmaf/ pxfFs} 3/df e]63f6sf qmddf ;Ddfg:j?k gd:sf/ ub}{ . nf]stGqsf vflt/ hgcfGbf]ng eO/xFbf @)^@ r}t @& ut] !% jifL{o d's]znfO{ ag]kfsf] tLg bf]af6f]df afFof s~r6df k|x/Lsf] uf]nL nflu uDeL/ 3fOt] x'g'ePsf] lyof] . To; lbgb]lv pxfFsf] xf]; cem} v'Ng ;s]sf] 5}g eg] afFof xft /fd|f];Fu rNb}g . uf]nLsf] 3fp lgsf] eP klg d's]zsf] 6fpsfdf ulx/f] vfN8f] 5 . t:jL/ M /fhs'df/ k/fh'nL÷/f;;

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायष्थसँग भेटघाट गर्नुभएको छ । दोस्रो जनआन्दोलन २०६२÷६३ मा गम्भीर घाइते हुनुभएका कायष्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित उहाँकै घरमा भेटघाट गर्नुभएको हो ।

‘अर्धचेत’ अवस्थामा रहनुभएका कायष्थलाई भेट गर्दै शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायष्थ बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनयता उहाँको होस् अझै खुल्न सकेको छैन । उहाँको बाँया हातसमेत राम्रोसँग चल्दैन ।

“जिम्मेवारी सुरु गर्दा जिउँदो शहीद मुकेश र उहाँको परिवारकै सामु शपथ खान्छु”, भेटका क्रममा महामन्त्री शर्माले भन्नुभयो । उहाँहरुकै योगदानका कारण आजको दिन आएको शर्माको भनाइ थियो । “व्यवस्था ठीक छ, अवस्था बदल्ने हो”, उहाँले थप्नुभयो, “अवस्था बदल्यौँ भने मुकेश कायष्थ फेरि अरु कसैले बन्नु पर्दैन ।” देशको राजनीति सही बाटो हिँडे घाइते तथा शहीदको सपना पूरा हुने महामन्त्री शर्माको भनाइ थियो ।

अर्धचेत अवस्थाका ३१ वर्षीय कायष्थ १६ वर्षदेखि श्ययामा सुतिरहनुभएको छ । उहाँ तीन वर्षदेखि दुब्लाउँदै जानुभएको छ भने पहिले जस्तो हाँस्न र बोल्न छाड्नुभएको छ । “पीरमाथि पीर थपिएको छ, छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन”, कायष्थकी आमा मिराले शर्मासँग भेटका क्रममा भन्नुभयो ।

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको तीन वर्ष भइसक्यो”, उहाँका बाबु कृष्णमानले भन्नुभयो । मुकेश परिवारको एक्लो छोरो हुनुहुन्छ । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलमा कक्षा आठमा पढ्नुुहुन्थ्यो । मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायष्थ परिवार । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्य जाँच गर्दैआउनुभएको छ । टाउकामा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै आमा मिराले भन्नुभयो ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायष्थ दम्पत्तिको छ । कृष्णमानले भन्नुभयो, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उहाँहरुको चाहना छ । महामन्त्री शर्माले प्रतिष्ठानका लागि के गर्न सकिन्छ भेटका क्रममा सकेको गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरुप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठाले मुकेशका नाममा पुनःस्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।

दोस्रो जनआन्दोलनमा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा नालाका भिमसेन दाहालले पोखरामा, पनौतीका सगुन ताम्राकारले कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामाले जोरपाटीमा ज्यान गुमाउनु भएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij