• Saturday 12th of September 2026

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उत्पादनका स्रोत तथा साधनमा हुने सामूहिक नियन्त्रणले मुलुकमा समानता तथा न्यायोचित वितरण प्रणालीलाई समेट्ने बताउनुभयो । देश विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै उहाँले कृषि तथा पशुपालनमा लागेका कृषकलाई लाभान्वित हुने गरी आवश्यक सहुलियतका नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विश्वपरिवेशमा विकास भएका प्रविधि यस क्षेत्रमा प्रयोग गर्न कृषक चनाखो हुनुपर्ने बताउँदै उनीहरुको जीवनस्तर सुदृढ भएमा समग्र मुलुकको अर्थतन्त्र बलियो हुने भएकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोडदिनुभयो । विविधतायुक्त मुलुकमा उत्पादन हुने वस्तुलाई राष्ट्रिय उपभोगमा खपत गर्नसकेमा आयात प्रतिस्थापन हुन सक्ने उल्लेखगर्दै उहाँले त्यसले व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो । युवा किसान सङ्घ नेपालको नयाँ कार्य समितिका लागि सो भेला गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij